वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालका ठूला बैंकको ऋण परिक्षणका जिम्मेवारी बंगलादेशी कम्पनीले पाउने सम्भावना

अर्थटुडे
२०८२ जेष्ठ ११, आईतवार

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोषको शर्तअनुसार हुन लागेको १० ठूला बाणिज्य बैंकहरुको कर्जा गुणस्तर परिक्षण (पोर्टफोलियो अडिट) बंगलादेशको हौलादर युनुस एण्ड कम्पनीले गर्ने सम्भावना देखिएको छ ।

नेपाल राष्ट्र बैंकले दोस्रो पटक खुल्ला गरेको आवहानमा ६ ओटा कम्पनी योग्य भएकोमा बंगलादेशको हौलादर युनुस एण्ड कम्पनीले मात्र आर्थिक प्रस्ताव पेश गरेको हो । कम्पनीले पेश गरेको गोप्य प्रस्ताव जेठ २५ गते खोलिने र उक्त प्रस्ताव राष्ट्र बैंकको बजेट अनुसार भएमा सम्झौता भइ काम अघि बढ्नेछ ।

राष्ट्र बैंकले दोस्रो पटक खुल्ला गरेको बोलपत्रमा प्रस्ताव पेश गर्ने हौलादर युनुस सहित नेपाली परामर्शदाता कम्पनी सुवेदी एण्ड एसोसिएटको नेतृत्वमा भारतीय कम्पनी मेहेरा गोयल एण्ड कम्पनी र जेकेएसएस एण्ड एसोसिएट, नेपालको बीके अग्रवाल एण्ड कम्पनी सहायक राखी भारतको एसआर बाट्लीबोइ एण्ड एसोसिएट, श्रीलंकाको डेलोइट पार्टनर्स, भारतको केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस र भारतकै एमएसकेए एण्ड एसोसिएट योग्य भएका थिए ।

यसअघि पहिलो पटक भएको वोलपत्र प्रक्रियामा पनि ५ ओटा प्रस्ताव छनोट भएपनि केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसले मात्र आर्थिक प्रस्ताव पेश गरेको थियो । तर, अनुमानित बजेटभन्दा बढी रकमको प्रस्ताव परेपछि राष्ट्र बैंकले प्रक्रिया रद्द गरी दोस्रो पटक प्रस्ताव आवहान गरेको हो ।

नेपालका बैंकहरुको खराब कर्जा न्यून हुनमा कर्जाको गुणस्तरमा शंका गर्दै त्यसको आइएमएफले अन्तर्राष्ट्रिय परामर्शदाताबाट परिक्षण गराउन लागेको हो ।

आइएमएफसँगको सुरुमा भएको सम्झौता अनुसार २०२४ अप्रिल अन्तिमबाट परिक्षण प्रक्रिया सुरु गरी डिसेम्बरसम्ममा सक्ने र भेटिएका कैफियतको आधारमा २०२५ फेबुअरीबाट सुधारको कार्ययोजना संचालन उल्लेख थियो । तर, परामर्शदाता छनोटमा भएको समस्याबारे आइएमएफलाई २०२५ डिसेम्बरसम्म काम सक्ने प्रतिवद्धता गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ