काठमाडौ । सरकारले विहिबार(भोली) ३ बजे संघीय संसदको दुवै सदनमा संघीय बजेट पेश गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०८२ ८३ को बजेट पेश गर्ने भएका हुन् । आगामी आर्थिक बर्षको लागि सरकारले २० खर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरिरहेको छ ।
आगामी बजेटमा बृद्धभत्ता पाउने उमेर बढाएर ७० बर्ष पुर्याउने लगायतका विभिन्न कार्यक्रमहरु रहेका छन् । त्यस्तै ३ करोड भन्दा कमका आयोजनाहरु संघीय बजेटमा नराख्ने कुरा यसअघि नै अर्थमन्त्री पौडेलले स्पष्ट पारिसकेका छन् ।
प्रतिक्रिया