काठमाडाै । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिमभार घटाएको छ । बैंक, वित्तीय संस्थाका लागि बुधबार निर्देशन जारी गर्दै पुँजीकोष गणना गर्दा शेयर धितोमा प्रवाह भएको कर्जामा एक सय प्रतिशत मात्र जोखिमभार गणना गर्न निर्देशन दिएको हो । हाल ५० लाख भन्दा बढीको कर्जाको हकमा १२५ प्रतिशत जोखिमभार भएपनि त्यसभन्दा कमको कर्जामा १०० प्रतिशत नै थियो ।
गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको समिक्षामार्फत शेयर धितो कर्जामा जोखिमभार घटाउने घोषणा गरेका थियो । सोही घोषणा कार्यान्वयका लागि राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरेको हो ।
यसैगरी बैंकहरुले अनिवार्य नगद मौजाद अन्र्तगतको ९० प्रतिशत रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने प्रावधान पनि कार्यान्वयनमा ल्याएको छ । बैंकहरुले अनिवार्य नगद मौजाद अन्तरगतको ७० प्रतिशत रकम मात्र राष्ट्र बैंकमा राख्ने व्यवस्था संसोधन गरी ९० प्रतिशत पुर्याइएको हो ।
यो प्रावधानले बजारमा तरलताको अवस्था केहि कसिलो हुने र अधिक तरलता व्यवस्थापनमा केन्द्रीय बैंकलाई केही सहज हुने बताइएको छ । यस्तै तरलता कसिलो हुँदा आगामी दिनमा ब्याजदर समेत बृद्धि हुने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया