वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वदेशी मदिरालाई मर्का पर्ने भएपछि सच्याइयो भन्सार महसुल

अर्थटुडे
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौ । मुल्यको आधारमा प्रतिशतमा भन्सार लगाउदा सस्तोमा विदेशी मदिरा नेपाली बजारमा आउने देखिएपछि सरकारले रातारात परिमार्जन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तत्काल आर्थिक विधेयक परिमार्जन गर्दै प्रतिलिटरमा यसअघि लाग्दै आएको भन्सार वा मूल्यको प्रतिशतमा प्रस्ताव गरेको महसुल जुन धेरै हुन्छ सोही भन्सार कायम गर्नेगरी परिमार्जन गरेका हुन् ।

यसअघि सरकारले प्रतिलिटरका आधारमा भन्सार महसुल लिदै आएको थियो । तर मुल्य प्रतिशतमा भन्सार महसुल कायम हुने गरी बजेटमा राखिएको दुई दिनमा नै सच्याइएको हो । मुल्यको आधारमा भन्सार महसुल कायम गर्दा विदेशी न्यून बिजकीकरणमा आयात भएर स्वदेशी मदिरा उद्योग धराशायी हुनसक्ने भन्दै उद्योगीहरु त्रसित भएका थिए ।

अबदेखि माल्टाबाट बनेको वियरको ८० प्रतिशत वा २०० जुन बढी हुन्छ सोही, स्पार्कलिङ वाइन, ताजा अंगुर वा अन्य वाइनमा पनि ८० प्रतिशत वा ३०० प्रति लिटर जुन बढी हुन्छ सोही भन्सार महसुल लिने व्यवस्था गरिएको छ ।

ब्राण्डीका कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका स्पिरिटमा प्रतिलिटर १ हजार ५०० वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ सोही भन्सार महसुल लाग्ने भएको छ ।

टाइपमा मिस्टेक भएकोले फेरी सच्याइएको र सोही अनुसार लागु गरिएको पनि अर्थमन्त्रालयले जानकारी दिएको छ । काम गर्दा मानवीय त्रुटी भएको भन्दै अर्थमन्त्रलायले आर्थिक विधेयकको भन्सार दर परिवर्तन गरेको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ