वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चाडपर्व पछि बजार लगातार दोहोरो अंकले ओरालो

अर्थटुडे
२०७३ कार्तिक २४, बुधबार

काठमाडौ । दिनप्रतिदिन बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार पनि बजार २७.६३ अंकले ओरालो लागेको छ । मंगलबार बजार झण्डै २५ अंकले ओरालो लागेको थियो । चाडबाड पछि खुलेको बजार लगातार ओरालो लागेको छ । त्यस्तै कारोबार रकम पनि मंगलबारको तुलनामा झण्डै १० लाख रुपैयाँ कम भइ दिनभर१२७ कम्पनीका ६८ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । उपसुचकहरु पनि सवै ओरालो लागेको छ । यसदिन बैंकिङ २५, होटल ६४, विकास बैंक ३६, जलविद्युत साढे ३७, फाइनान्स १०, बिमा १५९ र अन्य ११ अंकले झरेको छ ।
मंगलबार जस्तै यसदिन पनि सिभिल बैंकको कारोबार बढि भएको छ । बैंकको दिनभरमा तीन करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै एभरेष्ट बैंकको तीन करोड ६८ लाख, भिवोर सोसाइटी ३ करोड ६२ लाख र नेशनल लाइफ इन्स्योरेन्सको तीन करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसदिन कमाउनेहरुमा श्रृजना फाइनान्स, एनबी इन्स्योरेन्सलगायतका लगानीकता रहेका छन् भने ्वढि गुमाउनेमा मुक्तिनाथ विकास, वेष्टर्न डेभलपमेन्ट बैकलगायतका लगानीकर्ता रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ