वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिलटन होटल खरानी, बीमा र लगानीकर्ता सबै संकटमा

अर्थटुडे
२०८२ भाद्र २६, बिहीबार

काठमाडौं । जेनजी आन्दोलनको लहरले मंगलबार राजधानीस्थित हिल्टन होटललाई पूर्णरूपमा जलेर खरानी बनाइदिएको छ। यससँगै बैंक, बीमा कम्पनी र व्यक्तिगत लगानीकर्ताको करिब ८ अर्ब रुपैयाँ जोखिममा परेको छ।

होटलमा ९ वटा बैंकले मात्रै ५ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। बाँकी रकम संकलन गर्न बैंकहरूले निक्षेपकर्ताको पूँजी प्रयोग गरेका कारण सर्वसाधारणको पैसासमेत संकटमा परेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल, प्रभु, माछापुच्छ्रे, नेपाल, कृषि विकास लगायतका प्रमुख बैंकहरूको ठूलो हिस्सा ऋण हिल्टनमा फसेको छ। तर आगजनीपछिको अवस्थामाथि अहिलेसम्म पूर्ण नियन्त्रण आउन सकेको छैन।

यसबीच, ओरिएन्टल इन्स्योरेन्सले गरेको करिब ६ अर्ब बराबरको बीमा दाबीसमेत चुनौतीपूर्ण बन्ने देखिएको छ। नेपाल र इन्स्योरेन्सले पनि यसमा ठूलो हिस्सेदारी भएकाले बीमा क्षेत्रसमेत संकटग्रस्त बन्ने अवस्था देखिएको छ।

२०७३ सालमा भव्य उद्घाटन गरिएको यो होटल १० रोपानीमा बनेको छ । पाँच तारेस्तरको मानकसहित १४७ कोठा, स्पा, जिम, ब्यान्क्वेट हल, रेस्टुरेन्टदेखि स्विमिङ पुलसमेत रहेको प्रतिष्ठित परियोजना थियो। तर अहिले यो लगानीकर्ता, बैंक र बीमाकर्ता सबैको टाउको दुखाइ बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ