काठमाडौं । यस साता नेप्से ५६ अंकले ओरालो लागेको छ । गत साताको विहीवार १६ सय बिन्दुमा रहेको नेप्से परिसुचक यस साताको विहीवार १५ सय ४४ बिन्दुमा आइपुगेको छ । साताभर कारोबार रकम गत साताको भन्दा ४३.६३ प्रतिशतले कम भएको छ । यस साता तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरको ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिद बिक्री भएका छन् । गत साता पाँच अर्ब ८३ करोड २५ लाख रुपैयाँ बराबरका ७४ लाख ६१ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताभर १५४ कम्पनीहरुको कारोबार भएको छ ।
बीमा समुहको सुचक ७ हजार ३ सय ६५ मा आइपुगेको छ भने त्यस्तै, बीमापछि बिकास बैंक, जलविद्युत् , होटेल समुहको परिसुचक उच्च अंकले घटेका छन् । यस साता कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । कम्पनीको ३५ करोड ४४ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । विहीवारसम्म लगानी गरेकाले कम्पनीले घोषणा गरेको ६० प्रतिशत बोनस सेयर पाउने भएपछि पनि यस साता सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्थ्यो ।
कम्पनीले नया सेयर (एफपीओ) जारी गर्ने प्रस्ताव समेत पुस ८ गते हुने साधारण सभामा लैजाने भएको छ ।
बजारमा साताभर कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको तीन लाख १४ हजार कित्ता सेयर किनबेच भएको हो । कारोबार संख्याको आधारमा पनि सिद्धार्थ बैंक अग्रस्थानमा छ ।
केही दिनअघि मात्रै बैंकले ४८.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यस साता मात्रै बजारमा ४५ लाख ४२ हजार कित्ता सेयर थपिएको छ ।
प्रतिक्रिया