वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेले दियो स्पष्टीकरण, एक महिनापछि १० कित्ता भन्दा तलको सेयर पनि कारोबार हुने

अर्थटुडे
२०७३ मंसिर २४, शुक्रबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले (नेप्से)ले १० कित्ता भन्दा कम सेयर किनबेच हुन सक्ने गरी व्यवस्था मिलाउनको लागि सिस्टम निर्माता कम्पनी कमडाकको स्थानीय प्रतिनिधि योको प्रालिलाई निर्देशन दिइसकेको छ जनाएको छ ।
शुक्रबार नेप्सेले एक प्रेस विज्ञप्ति जारी गरी योको प्रालिलाई छिट्टो सिस्टम मिलाउन निर्देशन दिएको र कम्पनीले पनि एक महिनाभित्र सिस्टम तयार भएर परिक्षण समेत गर्ने प्रतिबद्धता जनाएको बताएको छ ।

त्यस्तै नेप्सेले सेयर कारोबार पश्चात राफराफ तथा फछ्यौटलाई थप चुस्त र दुरुस्त बनाउन राफसाफ बैक थप गर्ने कार्यलाई अगाडी बढाएको पनि विज्ञप्तीमा स्पष्ट पारेको छ । कारोबार चुस्त र दुरुस्त बनाउनको लागि नेप्सेले सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो सिस्टममा आवश्यक मोडिफिकेसन को कार्य सम्पन्न गरेको जनाएको छ ।

सिडिएससीका अनुसार सिस्टम भेन्डरका रुपमा रहेको भारतीय कम्पनी टिसिएसले मोडिफिकेसन सम्पन्न गरी उपलव्ध गराइ सकेको र हाल परिक्षणको क्रममा रहेको छ । धितोपत्रको दोस्रो बजार विस्तारका लागि सेवनको निर्देशनमा पुँजी बजार सम्बद्ध सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी एक अध्ययन कार्यदल गठन भएको थियो ।

सो कार्यदलले सदस्य दलालतको संख्या थप गर्ने, बाणिज्य बैंकलाई धितोपत्र दलाल अनुमित प्रदान गर्ने, विद्यमान सदस्य दलालहरुको आरडव्लुएस विस्तार गर्नेबारेमा सुझावा पेस गर्नको लागि अध्ययन गरीरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ