काठमाडौं । बोर्डले नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्नको लागि हालै क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई,इण्डिया लाई सहमतिपत्र प्रदान गरेको छ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ वमोजिम क्रेडिट रेटिङ्ग व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेकोमा उक्त कम्पनीको चुक्ता पूँजी ५ करोड रुपैयाँ हुने प्रस्ताव गरिएको र सो मध्ये ५१ प्रतिशत सेयर सो कम्पनीले र अन्य सेयर नेपाली व्यवसायीहरु एवं संगठित संस्थाहरुको लागि प्रस्ताव गरिएको छ ।
उक्त कम्पनीले नेपालमा क्रेडिट रेटिङ्ग व्यवसाय गर्नको लागि प्रचलित कानून वमोजिम कम्पनी स्थापना गर्नुपर्ने र यसरी स्थापित कम्पनीले क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमतिपत्रको लागि बोर्डमा निवेदन दिनु पर्ने प्रावधान रहेको छ ।
सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न चाहने कम्पनीहरुको क्रेडिट वर्थनेस निर्धारण गरी लगानीकर्ताहरुलाई धितोपत्रमा लगानी गर्नु अघि सुसूचितपुर्ण निर्णय लिन सहयोग पुर्याउने व्यवस्थाको लागि धितोपत्र बजारमा क्रेडिट रेटिङ्ग कम्पनीको प्रवेशलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको सो कम्पनीलाई संस्था स्थापनाको लागि अनुमति दिएको धितोपत्र बोर्ड प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
हाल नेपालमा एकमात्र क्रेडिट रेटिङ्ग संस्था रहेको परिप्रेक्ष्यमा थप क्रेडिट रेटिङ्ग संस्थाको प्रवेशले क्रेडिट रेटिङ्ग व्यवसाय प्रतिस्पर्धी भई यसको व्यवसायीक स्तर वढ्न जाने तथा सेवाग्राहीले अझ सहज एवं सरल ढंगले सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरेको पनि बोर्डले जनाएको छ ।
क्रेडिट रेटिङ्ग संस्था स्थापनाको लागि मुम्वइको कम्पनीले पायो अनुमति, पाँच करोड चुक्तापुँजी
२०७३ मंसिर २६, आईतवार
प्रतिक्रिया