वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारमा १३ अंकले ओरालो, कारोबार आइतबारको तुलनामा केही बृद्धि

अर्थटुडे
२०७३ मंसिर २७, सोमबार

काठमाडौं । सेयर बजारमा आएको सुस्तता साताको दोस्रो दिन सोमबार पनि जारी रह्यो । यस दिन बजारको परिसूचक १३ अंकले ओरालो लागेको छ । लामो समयपछि कारोबार खुलेका केही कम्पनीले भने घटेको बजारमा १० प्रतिशतभन्दा बढीले कमाएका छन् ।
यस दिन बजार १३.३७ अंकले झरेर १५०९.४३ अंकमा बन्द भएको छ । दिनभरिमा १३७ कम्पनीको ५४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस दिन कारोबार रकम भने करिव १५ करोड रुपैयाँले बढेर ५४ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
घटेको बजारमा होटल र अन्य सुचक हरिाय भएका छन् । घटेका समुहमा बैंकिङ १६.६२ अंक, विकास बैक १२.६३ अंक, जलविद्युत ४.१७ अंक, फाइनान्स २.३१ अंक, बिमा ६७.६४ अंक र उत्पादनमूलक १७.२७ अंकले घटेका छन् ।
यस दिन सबैभन्दा बढी एभरेष्ट बैंकको नौं करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एभरेस्टले सोमबार बुक क्लोज र साधारणसभाको मिति घोषणा गरेको थियो । यसपछि सिद्धार्थ बैंकको ३ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
घटेको बजारमा हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य ६० रुपैयाँ बढेर ६६५ रुपैयाँमा पुगेको छ । यस्तै एनबी इन्स्योरेन्सको २८ रुपैयाँ बढेर ३१८ रुपैयाँ पुगेको छ।
सोमबारको बजारमा सिर्जना फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, बरुण हाइड्रो, तारागाउँ रिजेन्सी होटललगायतले बढी गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ