काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३१.५८ प्रतिशत लाभांस पारित गरेको छ । कम्पनीको २८ औं वार्षिक साधारणसभाले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश गरी ३१.५८ प्रतिशत लाभांश पारित गरेको हो । बोनसपछि कम्पनीको चुक्ता पूँजी १ अर्व ३२ करोड पुगेको छ ।
कम्पनीका अनुसार सो साधारणसभाले वोनसपश्चात हुन आउने चुक्ता पूंजीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूंजी २ अर्व ६४ करोड पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०७१ ०७२ मा कम्पनीले राम्रो प्रगति गरेको बताइन् । उनले त्यस अबधिमा ३ अर्व १७ करोड बीमाशुल्क संकलन भएको, ८२ करोड खूद दावी भुक्तानी गरेको र २६ करोड खुद मुनाफा आर्जन गरेको समेत जानकारी दिइन् ।
कम्पनीको बीमा कोष २०७२ असार मसान्त सम्ममा ११ अरब ९१ करोड पुगेको छ ।
प्रतिक्रिया