वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सातामा ५६ अंकले घट्यो नेप्से, कारोबारमा भने बृद्धि

अर्थटुडे
२०७३ पुष ९, शनिबार

काठमाडौ । साताभर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५५.९४ अंकले घटेको छ । यस साता समग्र नेप्से परिसुचक घटेपनि कारोबार रकममा भने बृद्धि भएको छ । साताभर १५६ कम्पनीका दुई अर्व ८५ करोड १४ लाख रुपैयाँ बराबरको ३६ लाख ३२ हजार कित्ता सेयरको कारोबार भएको छ ।

गत साता एक अर्ब ९३ करोड ४७ लाख रुपैयाँ बराबरको ३१ लाख ३६ हजार कित्ता सेयरको मात्र कारोबार भएको थियो ।
यससाता कारोबार रकम र सेयर संख्याको आधारमा एभरेस्ट बैंक लिमिटेड पहिलो स्थानमा रहेको छ । त्यसतै कारोबार रकमका आधारमा कम्पनीहरुमा बैंक अफ काठमाडौ लुविनी, चिलिमे जलविद्युत कम्पनी, सिद्धार्थ बैंक र नेको इन्सुरेन्स रहेको छ ।
यससाता एभरेष्ट बैंकको चारलाख कित्ता अग्राधिकार सेयर नेप्सेमा सुचिकृत भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ