काठमाडौं । मंगलबारको सेयर बजार परिसुचक (नेप्से) २५.०४ अंकले ओरालो लागेर १४०७.५३ अंकमा अडिएको छ । यसदिन कारोबारमा भने केही बृद्धि भएको छ । यसदिन ५९ करोड ५३ लाख बरारबरको कारोबार भएको छ । सोमबार ४८ करोड १२ लाखको सेयर किनबेच भएको थियो । यसदिन अन्य समूहगत परिसुचक पनि ओरालो लागेको छ ।
सबैभन्दा बढी बिमा र बित्त समूहको सूचक ओरालो लाग्यो । बिमा समूह १९१.६३ अंक र बित्त समूह १६.५७ अंकले घटेका छन् । त्यस्तै वाणिज्य बैंक समूह २४.१४ अंकले विकास बैंक, होटल, जलविद्युत र अन्य समूहमा क्रमशः २१.८३, १७.९४, ३०.७२ र ३.४७ अंकले ओरालो लागे ।
यसदिन धेरै कारोबार हुने कम्पनीहरुमा सिद्धार्थ बैंकले ३ करोड ३३ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनीे २ करोड ५९ लाख, एभरेष्ट बैंकले २ करोड ४५ लाख, हिमालय जनरल इन्स्योरेन्सले २ करोड १४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ करोड ६ लाख बढीको कारोबार गरे ।
त्यस्तै ओरालो लागेको बजारमा पनि कमाउने कम्पनीहरुमा एनबी इन्स्योरेन्स, राप्तिभेरी विकास बैंक, पोखरा फाइनान्स लगायतका कम्पनीहरु रहेका छन् । सवैभन्दा बढी गुमाउनेमा मञ्जुश्री फाइनान्स, प्रिमियर इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् ।
यसदिन १७ कम्पनीले कमाएका छन् ।
प्रतिक्रिया