काठमाडौं । साताको सुरुको कारोबारदेखि नै दोहोरो अंकले ओरालो लागेको सेयर बजार परिसुचक (नेप्से) बुधबार भने ५.६२ अंकले बढेर १४१३.१५ अंकमा अडिएको छ । बुधबार कारोबार नेप्से परिसूचक १४०७.५३ अंकबाट बढेर १४२२ अंकसम्म पुगेको थियो । यसदिन सबैभन्दा बढी होटल ३९.४५, जलविद्युत ३०.७१, बिमा २९.७१, विकास बैंक १२.२५, वित्तीय ३.५६, बैंक २.६८ र अन्य ०.५८ अंकले बढेको छ ।
यसदिन पनि एनवि इन्सुरेन्स कम्पनीकै सवैभन्दा बढी ३ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंक २ करोड ३० लाख कारोबार भएको छ । त्यस्तै नेपाल बंगलबादेश बैंक, सिद्धार्थ बैंक लिमिटेड र बैंक अफ काठमाडौँ लुम्बिनी बैंकको सवैभन्दा बढी कारोबार भएको छ ।
त्यस्तै यसदिन कमाउनेहरुमा एनबी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स ग्रीन डेभलपमेण्ट बैंक, वेष्टर्न डेभलपमेण्ट बैंक, एनएलजी इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् । यस्तै गुमाउनेहरुमा ललितपुर फाइनान्स, युनियन फाइनान्स, सप्तकोशी डेभलपमेण्ट बैंक, लगायतका कम्पनीहरु रहेका छन् । यसदिन १२८ कम्पनीको ४६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार थोरै अंकले बढ्यो, तर कारोबारमा गिरावट
२०७३ पुष १३, बुधबार
प्रतिक्रिया