काठमाडौं । रियल (वास्तविक) क्षेत्रका कम्पनीलाईलाई सेयर बजारमा ल्याउनका लागि नेपाल धितोपत्र बोर्डले तयारी सुरु गरेको छ । बोर्डले सार्वजनिक निष्काशन सम्बन्धि नयाँ व्यवस्था र निष्काशन निर्देशीका तयारीकाका लागि विहिबार रियल सेक्टरसँग छलफल गरेको छ ।
छलफल कार्यक्रममा बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले बजारमा रियल सेक्टरका कम्पनीप्रति सर्वसाधारणको विश्वास बढाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुको आफै नियमन गर्ने घोषणा गरे ।
हाल उर्जा, पर्यटन लगायतका क्षेत्रको प्रत्यक्ष नियमनकारी निकाय नहुँदा लगानीकर्ता अन्यायमा परिरहेको उनको भनाइ छ । हाइड्रो लगायतका क्षेत्रको कडा नियमन गरिदिन लगानीकर्ताले आग्रह गरिरहेका कार्कीले जानकारी दिए ।
प्रतिक्रिया