काठमाडौं । एनएलजी इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । एनएलजी इन्सुन्सेन्सको २५ प्रतिशत बोनस सेयर वितरण पछिको मुल्य समायोजन गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
२५ प्रतिशत बोनस समायोजनपछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ तोकेको छ । जसको आधारभूत मूल्य ९ सय ७ रुपैयाँ रहेको थियो ।
त्यस्तै नेप्सेले कसमस डेभलपमेन्ट बैंकको पनि सेयरमूल्य समायोजन गरेको छ । कसमस बैंकको ११.८ प्रतिशत बोनसपछिको सेयर मूल्य ३ सय ८३ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया