वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाईफ इस्योरेन्सको एफपीओको बिक्री खुल्ला, १० देखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन पाईने

अर्थटुडे
२०७३ पुष २७, बुधबार

काठमाडौं । नेपाल लाईफ ईन्स्योरेन्सले जारी गर्न लागेको ३० लाख ९६ हजार ४ सय २९ कित्ता साधारण सेयरका लागि आवेदन आजदेखि खुल्ला भएको छ । एक सय रुपैयाँ अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम थप गरी १४२५ रुपैयाँका दरले फरदर पब्लीक अफरिङ (एफपिओ) मार्फत सेयर जारी गर्न लागेको हो ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३० हजार ९६० कित्ता सेयरका लागि आवेदन गर्न पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन लिन र बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट,कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी,एस क्यापिटल,सिबिआईएल क्यापिटल तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।

कम्पनीले संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्नका लागि उक्त एफपिओ जारी गर्न लागेको जनाएको छ ।

कम्पनीले एफिओबाट संकलन गरेको पुँजीमध्ये ३० करोड ९२ लाख ४२ हजारमात्र थपिनेछ । बाँकी रकम कम्पनीको संचित नाफामा जम्मा भई ४ अर्व ८२ करोड हुनेछ । यसबाट कम्पनीले बोनस सेयर मात्र वितरण गर्न पाउछ । यसैगरी कम्पनीको पुँजीसँगै कारोबार पनि विस्तार गर्नुपर्ने भएकाले नाफामा असर गर्नसक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ