काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित उक्त सेयरको निष्कासन माघ ९ गतेदेखि खुल्ला भई छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते बन्द हुनेछ ।
कम्पनीको कुल निश्काशित सेयरमध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीलाई र ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ३,००० कित्ता सम्म आवेदन दिन सक्ने निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङले जनाएको छ ।
लगानीकर्ताले फरवार्ड कम्युनिटीका सम्पूर्ण शाखा कार्यालय, एभरेष्ट बैकका न्युरोड, नयाँ बानेश्वर, पुल्चोक, भक्तपुर, पोखरा, विरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन र बुटवल शाखा कार्यालयहरु, र नबिल बैकिङको लागि बृहस्पति विद्या सदन, नक्सालबाट आवदेन दिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । जुन औसत सेयर भन्दा कमजोर रहेको जनाउछ ।
प्रतिक्रिया