काठमाडौं । नेपाल लाईफ ईन्स्योरेन्सले निश्कासन गरेको ३० लाख ९६ हजार ४२९ कित्ता फरदर पब्लीक अफरिङ (एफपिओ) मा शुक्रबारसम्ममा १५ अर्व भन्दा बढी रुपैयाँको आवेदन परेको छ । कम्पनीले माग गरेभन्दा धेरै आवेदन परेकाले आज आइतबार अन्तिम दिन हुनेछ ।
कम्पनीले एक सय रुपैयाँ अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम थप गरी १४२५ रुपैयाँका दरले फरदर पब्लीक अफरिङ (एफपिओ) मार्फत सेयर जारी गर्न लागेको हो ।
लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३० हजार ९६० कित्ता सेयरका लागि आवेदन गर्न पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन लिन र बुझाउन सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट,कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी,एस क्यापिटल,सिबिआईएल क्यापिटल तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।
कम्पनीले संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्नका लागि उक्त एफपिओ जारी गर्न लागेको जनाएको छ ।
कम्पनीले एफिओबाट संकलन गरेको पुँजीमध्ये ३० करोड ९२ लाख ४२ हजारमात्र थपिनेछ । बाँकी रकम कम्पनीको संचित नाफामा जम्मा भई ४ अर्व ८२ करोड हुनेछ । यसबाट कम्पनीले बोनस सेयर मात्र वितरण गर्न पाउछ । यसैगरी कम्पनीको पुँजीसँगै कारोबार पनि विस्तार गर्नुपर्ने भएकाले नाफामा असर गर्नसक्छ ।
प्रतिक्रिया