वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोर्खाज फाइनान्सले २ : १ को अनुपातमा हकप्रद निश्कासन गर्ने

अर्थटुडे
२०७३ माघ १०, सोमबार

काठमाडौं । गोर्खाज फाइनान्सले २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । उक्त हकप्रद निष्कासनका लागी एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । यससम्बन्धी उक्त सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार राई तथा एनआइबिएल क्यापिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

फाइनान्सले एक सय रुपैयाँ अंकित २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । हाल ५७ करोड ८६ लाख पुँजी रहेको हकप्रद शेयर निष्कासन पश्चात कुल चुक्ता पूँजी ८६ करोड ८० लाख पुग्नेछ ।

१० शाखा र ४ वटा एटिएममार्फत सेवा दिइरहेको फाइनान्सले चालु आवको पुससम्ममा ३ अर्व ४० करोड निक्षेप संकलन र २ अर्व ९७ करोड लगानी गरी १० करोड ७० लाख खुद नाफा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ