काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा विहीबार तीनवटा सामुहिक लगानीकोषका एक करोड ४५ लाख इकाईको किनबेच भएको छ । एनआइसी एसिया बैंकले बुधबार मात्र सुचना जारी गरेर ८ वटा सामूहिक लगानीकोषका दुई करोड भन्दा बढी इकाइ लिलामी गर्ने सुचना निकालेको थियो । लगत्तै विहिबार नेप्से र धितोपत्र बोर्डमा स्पष्टीकरण बुझाउँदै लिलामी बन्द गरेको जनाएको थियो ।
विहिबार नै सेयर बजारमा तीनबटा सामूहिक लागानी कोषका एक करोड इकाइको किनवेच भएको छ । एनआइसी एसिया बैंकले नै ति इकाइहरु विक्रि गरेको स्रोतले जनाएको छ । यसरी ति इकाइहरुको किनवेचपछि कारोबार रकममा पनि दोव्वरले बृद्धि भएको छ । सेयर बजारमा ५७ करोड ६० लाखको कारोबार हुदा सामुहिक लगानीकोषको मात्रा अधिक रहेको छ ।
विहीबार सेयरबजारमा सिद्धार्थ इक्विटी ओरेन्टेट स्किमका ५६ लाख ३४ हजार ५६४ इकाई, एनआइबिएल समृद्धि फण्ड ५५ लाख १३ हजार ६ सय इकाइ तथा एनएमबि सुलभ फण्ड एकको ३३ लाख ७६ हजार ५ सय इकाइ खरिदबिक्री भएको छ । तीनवटा सामुहिक लगानीकोषको मात्रै करिब १५ करोड बराबरको इकाइहरु खरिदबिक्री भएको छ । ब्रोकर ४९ र ५४ बाट बढी सिद्धार्थ इक्विटी ओरेन्टेट स्किम र एनआइबिएल सबृद्धि फन्डका इकाइहरु विक्रि भएका छन् ।
प्रतिक्रिया