काठमाडौं । केही समययता बजारमा तिव्र उतार चढाव हुदै आएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको बजार सोमबार २६ अंकले बढेको थियो । मंगलबार ४ अंकले ओरालो लागेको बजार बुधबार भने ह्वात्तै उकालो लागेको छ ।
बुधबार बजारमा हरियाली छाएको छ । यसदिन सेयर बजार परिसुचक (नेप्से) ४१.८३ अंकले उकालो लागेको छ ।
बजारमा देखिएको यस्तो उतार चढाबप्रति सेयर बजार विश्लेषकहरु पनि अचम्ममा परेका छन् ।
यसदिन उत्पादनमूलक समूह ५.६६ अंकले ओरालो लागेपनि बाँकी सबै उपसुचक उकालो लागेको छ ।
बुधबार बैकिङ ३७.११, होटल ४९.०१, विकास बैंक ४३.२७, जलव्दिुत ६६.०६, फाइनान्स १२.६८, बिमा ३८५.४६ र अन्य २.८९ अंकले उकालो लागेको छ ।
यसदिन सवैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा नेसनल लाइफ इन्सुरेन्स, प्रभू बैंक, बैंक अफ काठमाडौ लुम्विनी, नेपाल बंगलबादेश बैंक लगायतका रहेका छन् ।
बुधबार कमाउने कम्पनीहरुमा एसियन लाइफ इन्सुरेन्स, सानिमामाई हाइड्रोपावर, नेको इन्सुरेन्स, सगरमाथा इन्सुरेन्स लगायतका रहेका छन्, भने गुमाउनेहरुमा दिव्यश्वरी हाइड्रो पावर, सिर्जना फाइनान्स, युनाइटेड फाइनान्स, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था लगायतका रहेका कम्पनीहरु रहेका छन् ।
दिनभर १४१ कम्पनीको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया