वि.सं. २०८२ आश्विन १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बढेको फाइदा उठाएर विक्रि गर्नेहरुको चाप बढ्दा बजार ओरालो, कारोबारमा भने बृद्धि

अर्थटुडे
२०७३ फाल्गुन ९, सोमबार

काठमाडौं । आइतबार बढेको बजारको फाइदा उठाएर सेयर विक्रि गर्नेहरुको चाप बढेपछि सोमाबर थोरै अंकले घटेर बजार बन्द भएको छ ।  आइतबार २५ अंकले बढेको सेयर बजार सोमबार भने ४.२४ अंकले घटेको छ ।

यसदिन होटल र इन्सुरेन्स समूहको समुहगत परिसुचक क्रमशः०.२ र ३६.१२ अंकले बढेको छ । भने बाँकी सवै समूहगत उपसुचकहरु घटेको छ । सोमबार बैकिङ ४.३८, विकास बैंक १०.७९,जलविद्युत ३.९८, फाइनान्स ५.५७ र अन्य ६.०७ अंकले घटेको छ ।

सवैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इनसुरेन्स, बैंक अफ काठमाडौं लुम्बिनी , शिखर इन्सुरेन्स, प्रभू बैंक लगायत रहेका छन् ।

यसदिन कमाउने कम्पनीहरुमा भने धेरैजसो लघुवित्त संस्थाहरु रहेका छन् । यसदिन आइएलएफसीओ माइक्रोफाइनान्सले १० प्रतिशत कमाएको छ भने विजय लघुवित्त वित्तिय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स, मिसन डेभलपमेन्ट बैंकले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।

त्यस्तै यसदिन गुमाउने कम्पनीहरुमा भागर्व विकास बैंक, सिभिल बैंक, छिमेकी लघुवित्त विकास बैंक,राष्ट्रिय विमा कम्पनी लिमिटेड रहेका छन् ।

दिनभर १३६ कम्पनीका ८१ करोड बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ