वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेफ्स्कूनमा बचत र ऋण लगानी घट्दो : एक महिनामै सवा अर्ब बाहिरियो

शर्मिला ठकुरी
२०८२ असार ११, बुधबार

 

 

 

काठमाडौं । संस्थागत शुसासन विग्रीदै गएपछि बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई सदस्य संस्थाहरुले विश्वास गर्न छाडेका छन् । एकातर्फ संघभित्र बढ्दै गएको वेथिती र अर्कोतर्फ नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्डको प्रभावले गर्दा नेफ्स्कूनबाट निक्षेप बाहिरिने क्रम बढेको छ ।

नेफ्स्कूनले प्रकाशित गरेको मासिक विवरण अनुसार गत आर्थिक वर्षको असारको तुलनामा चालु आवको जेठसम्ममा संघको बचत ४ अर्ब २१ करोड रुपैयाँ घटिसकेको छ । गत असारमा संघसँग २५ अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेकोमा जेठमा आईपुग्दा करिव १७ प्रतिशतले घटेर २० अर्ब ९६ करोड रुपैयाँमा झरेको छ ।

पछिल्लो समय संघभित्र अनियमितता बढ्दै गएको समाचारहरु बाहिरिन थालेपछि संघको निक्षेपमा प्रभाव परेको हो । यसलाई सदस्य संस्थाहरुले गर्ने विश्वास घट्दै गएको संकेतका रुपमा बुझ्नुपर्ने एक सहकारीकर्मीले बताए ।

नेफ्स्कूनले जथाभावी रुपमा विना धितो ठूलो कर्जा लगानी गरेको तर असुली गर्न नसक्दा खराब कर्जा बढीरहेको छ । तर, संघले पर्याप्त कर्जा जोखिम व्यवस्था वापत रकम नछुट्याएको जोखिममा रहेको लेखा परिक्षण प्रतिवेदनमै उल्लेख छ ।

खराब कर्जाबापत प्रोभिजनिङ गर्नुपर्ने भन्दा ३ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ कम प्रोभिजनिङ गरी नक्कली नाफा देखाएको उसको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमै उल्लेख छ । प्रोभिजनिङ गर्नुपर्ने रकम नाफाबाट घटाउनुपर्नेमा त्यो नगरेपछि लेखा परीक्षकले विपरीत राय (एडभर्स अपिनियन) दिएको छ ।

प्रोभिजन नगरी नक्कली नाफा देखाएर २ दशमलव ९४ प्रतिशत नाफा बाड्ने निर्णय साधारणसभाबाट गरेको नेफ्स्कूनलाई सहकारी विभागले वितरण नगर्न निर्देशन दिएको थियो ।

यसअघि अघिल्लो आवमा पनि संघले करिब ५ अर्ब कम प्राभिजन गरेको भन्दै लेखापरिक्षकले एडभर्स अपिनियन दिएको थियो । सहकारी विभागले त्यसमा सुधार गर्न निर्देशन दिएकोमा संघले अटेर गर्दै आएको छ ।

यसैगरी संघमा काभ्रेको बनेपामा जग्गा खरिद, मिनभवनमा घर निर्माण, मिरा इआरपी सफ्टवेयरमा लगानीलगायतमा विषयमा अनियमितता भएको आरोप लाग्दै आएको छ ।

यसैगरी पछिल्लो समय नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डले बचत तथा ऋण सहकारी संघहरुले वित्तीय कारोबार गर्न नपाउने, संस्थाहरुले संघमा शेयर लगानी गर्न नपाउने र संघमा राखेको रकम तरलतामा गणना नहुने जस्ता प्रावधानले पनि बचत फिर्ता हुने क्रम बढेको छ ।

मापदण्ड जारी भएपछि पछिल्लो एक महिनामै नेफ्स्कूनबाट एक अर्ब १५ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । बैशाखमा २२ अर्ब ११ करोड रुपैयाँ निक्षेप रहेकोमा जेठमा घटेर २० अर्ब ९६ करोडमा झरेको छ ।

ऋण पनि घट्दो
निक्षेपसँगै नेफ्स्कूनको कर्जा प्रवाह पनि घट्दो क्रममा देखिएको छ । खराब कर्जा बढ्दै गएपछि संघले असुलीलाई तिव्रता दिएको छ । तर, उच्च ब्याजदरका कारण नयाँ कर्जा प्रवाह हुन सकेको छैन ।

गत असारको तुलनामा जेठसम्ममा ऋण लगानी पनि एक अर्ब ९९ करोड रुपैयाँ घटेको छ । संघले ऋण असुली हुन नसकेपछि धितो सकार गरी करिब २ अर्ब रुपैयाँ असुली गरेको देखाएपनि गैरबैंकिङ सम्पति थुप्रिएको छ । तर, लिलामीबाट सम्पति बिक्री गर्न सकेको छैन ।

असारमा १० अर्ब ३२ करोड रुपैयाँ लगानीमा रहेकोमा जेठसम्ममा घटेर ८ अर्ब ३३ करोड रुपैयाँमा भरेको संघले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

 

नेफ्स्कुन सम्बन्धीत थप समाचारहरु

 

नेफ्स्कूनसहित सहकारी संघहरुको अबौंको अन्तरलगानी व्यवसाय संकटमा, जिम्मेवार को ?

प्राधिकरणको मापदण्ड विपरित कारोबार गर्न संस्थाहरुलाई उस्काउदै नेफ्स्कून

अनियमितता ढाकछोप गर्न नेफ्स्कूनलगायतका संघहरुद्धारा आन्दोलनको धम्की

फिल्ड कार्यालय खोलेर प्रतिस्पर्धा गर्ने नेफ्स्कूनलाई फेरी चाहियो जिल्ला बचत संघको साथ, आफ्नो पक्षमा देखाउन नक्कली हस्ताक्षर

सहकारीको कार्यदल संयोजकमा किन बसेनन् कडेँल ?

नेफ्स्कूनमा ‘आफैं धामी, आफैं बोक्सी’ प्रवृत्ती : आफैले दिएको कर्जा छानविन गर्न संचालकहरुको समिति

संचालकको हस्तक्षेप बढेपछि धमाधम बाहिरिदै नेफ्स्कूनका कर्मचारी

कर्णाली विकास बैंकमा नेफ्स्कून र सहकारी बैंकको करिव आधा अर्ब निक्षेप जोखिममा

प्रतिक्रिया

लेखकको बारेमा

शर्मिला ठकुरी

ट्रेन्डिङ