वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेठ मसान्तसम्ममा १४ जीबन बीमा कम्पनीले संकलन गरे साढे एक खर्ब

अर्थटुडे
२०८२ असार १६, सोमबार

काठमाडौ । चालु आर्थिक बर्षको जेठसम्ममा जीवन बीमा कम्पनीले एक खर्ब ५४ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १५.२९ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

त्यस्तै जेठसम्ममा १४ वटा जीबन बीमा कम्पनीहरुले जीबन बीमा नबीकरण शुल्कमार्फत १ खर्ब १९ अर्व ९६ लाख, बैदेशिक रोजगार बीमा शुल्क बापत २ अर्ब ७५ करोड २० लाख र प्रथम बीमा शुल्क ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ संकलन गरेका छन् ।

त्यस्तै जेठ मसान्तसम्ममा कुल सक्रिय रहेको बीमालेखको संख्या १ करोड ३८ लाख ३६ हजार ३७५ र कुल बीमांक रकम १ खर्ब ६१ अर्ब ६९ करोड ४६ लाख रुपैयाँ बराबरको रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले जेठसम्म १६ लाख ६२ हजार ३२६ वटा बीमालेख बिक्री गरेर १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क कमाएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ