काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेन्ज/सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत कारोवार भई आएका शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रारसँग सम्बन्धी सम्पूर्ण कार्य हुने भएको छ । यही मिति २०८२ साल भाद्र १२ गते बिहीबार देखि एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावरमा नेपाल थापाथली ११, काठमाण्डौ मार्फत हुने भएको हो ।
प्रतिक्रिया