काठमाडौ । अब विपन्न नागरिकले बीमाबाटै उपचार पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ पहिलो संशोधन स्वीकृतको हो ।
स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलले आज ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२को पहिलो संशोधन स्वीकृत गर्दै यसको सुरुवात गरेका हुन् । मन्त्री पौडेलले आफ्नो कार्ययोजना अनुसार बीमा कार्यक्रमलाई थप वारदर्शी बनाएको बतँए । उनका अनुसार सरकार विपन्न नागरिकको स्वास्थ्य उपचारप्रति प्रतिबद्ध रहेको छ ।
विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत प्रदान गरिंदै आएको ८ प्रकारका कडा रोगको उपचारको भुक्तानी स्वास्थ्य बीमा बोर्ड मार्फत प्रदान गर्ने निर्देशिकामा उल्लेख छ । विपन्न नागरिकको सेवा लिन अनिवार्य स्वास्थ्य बीमा हुनु पर्ने व्यवस्था गरिएको छ ।
संशोधित निर्देशिकामा स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामार्फत संचालन भइरहेको विपन्न नागरिक उपचार कार्यक्रमकको भुक्तानी प्रकृया स्वास्थ्य बीमा बोर्डमार्फत गर्ने र सो कार्यक्रमसँग सम्बन्धित अन्य कार्यहरू (अस्पताल सूचिकरण, एकीकृत अनुगमन, प्रतिवेदन प्रविष्टि आदि) नर्सिङ तथा समाजिक सुरक्षा महाशाखाबाट गर्ने गरी व्यवस्था गरिएको छ ।
अब बीमामा आबद्ध नागरिकले मिर्गौला रोग, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल, मुटु भल्भ सर्जरी लगायतका रोगहरुमा यो सुविधा पाउने छन् ।
प्रतिक्रिया