वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजाजले ल्यायो दसैँमा ‘बजाज प्रिमियर लिग सार्वजनिक गर्यो

अर्थटुडे
२०८२ भाद्र ११, बुधबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गर्दै बजाज प्रिमियर लिग क्यापेन सुरु गरेको छ ।
बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव नारा सहित बजाज प्रिमियर लिग सार्वजनिक गरेको हो ।

मोटरसाइकल केवल यातायातको साधन मात्र नभई जीवनशैली बनिसकेको भन्दै कम्पनीले उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बिपिएल) सुरु गरेको हो ।

यस क्याम्पेन अन्तर्गत नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, क्याम्पेन अवधि भरी नागरिकताको भरमा सहज फाइनान्सिङ्गको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले “यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि बिपिएल ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।”
यस्तै क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।

यस क्याम्पेनका मुख्य आकर्षणहरू:

  •  जति धेरै रन, त्यति धेरै पुरस्कार
  •  सातै प्रदेशबाट हरेक हप्तामा ५० हजारल रुपैया नगद उपहार
  • प्लेयरर्स अफ विक बन्ने ग्राहकलाई १ लाख रुपैया नगद
  • चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ