वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीमा बेथिती

सञ्चालकहरुको दोहोरो पदबारे विभागद्धारा बैंक र नेफ्स्कूनसँग स्पष्टिकरण

अर्थटुडे
२०८२ भाद्र १५, आईतवार

काठमाडौं । सञ्चालकहरुले कानुन तथा सहकारी विभागको निर्देशन विपरित हुने गरी दोहोरो पद लिएकोबारे संघिय सहकारी विभागले राष्ट्रिय सहकारी बैंक र नेपाल  बचत तथा ऋण केन्द्रीय सहकारी संघ  (नेफ्स्कून) लाई स्पष्टिकरण सोधेको छ । विभागले शुक्रबार दुवै निकायलाई पत्राचार गर्दै दोहोरो पदको विषयमा यथार्थ अवस्था जानकारी दिन भनेको छ ।

सहकारी बैंक र नेफ्स्कूनका सञ्चालकहरुले कानुन विपरित दोहोरो पद लिएको र विभागको निर्देशन अनुसार यसको कार्यान्वयन नगरेको समाचार प्रकाशित भएपछि विभागले काम देखाउनै काम देखाउनकै लागि स्पष्टिकरण सोधेको हो ।

विभाग स्रोतका अनुसार समाचार प्रकाशित भएपनि मन्त्रालयसम्म चासो भएकाले नै स्पष्टिकरण सोधिएको हो । तर, अटेरी गर्नेलाई कारवाही गर्ने अवस्थामा विभागको नेतृत्व छैन ।

सहकारी ऐन -२०७४ मा एउटै व्यक्ति एक भन्दा बढी संघसंस्थाको सञ्चालक बस्न नपाउने व्यवस्था छ । उक्त प्रावधान कार्यान्वयन गर्न नियामक निकाय सहकारी विभागले पटक पटक निर्देशन समेत जारी गर्दै आएको छ । तर, महासंघदेखि प्रारम्भिक सस्थासम्म कानुनको खिल्ली उडाउँदै, विभागको निर्देशनलाई अटेर गर्दै अधिकांश संचालकहरु दोहोरो तथा तेहेरो पदमा बसिरहेका छन् ।

सहकारी ऐन कार्यान्वयन गराउने जिम्मेवारी बोकेको विभागको नेतृत्व आफ्नै निर्देशन कार्यान्वयन नहुँदा मुकदर्शक मात्र बनेको छ । सहकारी महासंघदेखि तल्लो तहका संघहरुसम्म नेताहरुले दोहोरो पदको कार्यान्वयन नगर्दा पनि विभागले कुनै कारवाही गर्न सकेको छैन ।

याे पनि पढ्नुहाेस्

सहकारीमा ऐन विपरित दोहोरो पद कायमै, आफ्नै निर्देशन कार्यान्वयन गर्न विभाग असफल

महासंघमै वरिष्ठ उपाध्यक्षसहित अधिकांश संचालक ऐन विपरित दोहोरो पदमा, सहकारी विभाग मुकदर्शक

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ