वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा, चाँदी सस्तो

अर्थटुडे
२०८२ भाद्र १८, बुधबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन नयाँ रेकर्ड तोड्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (बुधबार) सुन प्रतितोला रु २,०७,९०० मा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

मंगलबारसम्म सुन प्रतितोला रु २,०५,९०० मा कारोबार भएको थियो। एकैदिनमै २ हजार रुपैयाँले बढेर सुनले नयाँ इतिहास बनाएको हो। तर चाँदीको मूल्यमा भने विपरीत प्रभाव देखिएको छ। आज प्रतितोला रु २,४८० मा कारोबार भइरहेको छ, जुन हिजोभन्दा ५ रुपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन महँगिएको छ। बुधबार सुन प्रतिऔंस ३,५३६ अमेरिकी डलरमा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशेषज्ञहरूको भनाइमा सुनलाई सुरक्षित लगानीको साधनका रूपमा रोजाइ बढेकाले मूल्य निरन्तर चढिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ