काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र व्यापक रूपमा मौलाएको भनिएको भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेन-जी युवाहरू संघीय संसद भवनभित्र प्रवेश गरेका छन् ।
माइतीघर र तिनकुनेबाट अलग–अलग जुलुससहित अघि बढेका प्रदर्शनकारीहरूले नयाँबानेश्वरस्थित संसद भवन अगाडि प्रहरीको कडाइका बीच घेरा तोड्दै प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढ्दै संसद परिसरभित्र प्रवेश गरेका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ भने संसद भवन वरपरको इलाका तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता लिन, भ्रष्टाचार नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न र युवाहरूको आवाजलाई राज्यले सम्मान गर्न माग गरेका छन् ।
यसअघि माइतीघरदेखि सुरु भएको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको थियो । तिनकुनेतर्फबाट अघि बढेको अर्को समूह पनि संसद भवन अगाडि पुगेपछि आन्दोलनकारीहरूको ठूलो भिड संसद भवन परिसरमा जम्मा भएको थियो ।
प्रहरीले संसद भवन प्रवेश गर्न खोजेका युवाहरूलाई हटाउने प्रयास गरिरहेका छन्।
लेखकको बारेमा

प्रतिक्रिया