वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेन-जी प्रदर्शनकारी संसद भवनभित्र प्रवेश, काठमाडौंबाट प्रशासनको कर्फ्यू आदेश

अर्थटुडे
२०८२ भाद्र २३, सोमबार

जेन–जेड प्रदर्शनकारी संसद भवनभित्र प्रवेश, काठमाडौंबाट प्रशासनको कर्फ्यू आदेश

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेन-जी युवाहरू संघीय संसद भवनभित्र प्रवेश गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्दै संसद भवनको गेट चढेर परिसरभित्र प्रवेश गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । संसद भवन वरपरको इलाका तनावग्रस्त बनेको छ ।

यसैबीच, काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँबानेश्वर आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार २३ भदौ अपराह्न १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू हुने जनाइएको छ ।

कर्फ्यू आदेशअनुसार काठमाडौं महानगरपालिका–१० भित्र पर्ने नयाँबानेश्वरको चारकिलो क्षेत्रभित्र आवतजावत तथा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न नपाइने व्यवस्था गरिएको छ ।

कर्फ्यू क्षेत्र सीमा:

  • बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिष्णुबजार पुलसम्म,

  • बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

  • बानेश्वर चोकदेखि उत्तर आइडलवेन्स मल हुँदै रत्नराज्य माध्यामिक विद्यालयसम्म,

  • बानेश्वर चोकदेखि दक्षिण संखमुल ओरालो हुँदै संखमुल पुलसम्म ।

प्रशासनले उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ