काठमाडौँ । मंगलबारदेखि अनिश्चितकालिनका लागि बन्ग गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ला गरिएको छ । केही दिनसम्म स्थगित रहेका अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीड लागेको हो । बिहानैदेखि विमानस्थल पुग्नेहरूको लर्को देखिएको छ।
उग्र प्रदर्शनपछि रोकिएका उडानहरू पुनः सञ्चालन गर्ने निर्णयसँगै यात्रुहरू उत्साहित बनेका छन्। धेरैजना लामो समयदेखि प्रतीक्षारत थिए। कतिपयको उडान ढिलो भए पनि आफन्तलाई अँगालो हाल्दै बिदाइ गर्ने भावुक क्षणहरूले विमानस्थलको वातावरण नै फरक बनाएको छ।
सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हाल्दै यात्रुहरूको सहज यात्राको वातावरण बनाउन सहयोग गरेको छ। यात्रुलाई टिकट र परिचयपत्र अनिवार्य रूपमा देखाउन आग्रह गरिएको छ।
प्रतिक्रिया