काठमाडौं । बजार यस हप्ताको सुरुवातसँगै ओरालो लागेको छ । हप्ताको पहिलो दिन आइतबार १५ अंकले ओरालो लागेको बजार सोमबार पनि १७ अंक भन्दा बढीले ओरालो लागेको छ ।
यसदिन होटल बाहेक सम्पुर्ण समुहगत परिसुचक पनि ओरालो लागेको छ । यसदिन होटल समुहे भने ४०.२१ अंकले बढेको छ । यसदिन बैकिड समूह १६.४४ विकास बैंक ३२.४३, जलविद्युत २५.३, फाइनान्स १.४४, विमा ६४.१६, उत्पादन ४२.५८ र अन्य ६.६५ अंकले घटेको छ ।
यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर एक अर्व ८४ करोड बराबरको कारोबार भएको छ । यसदिन सवैभन्दा बढी कारोबार नविल बैंकको प्रमोटर सेयरको २७ करोड बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल बंगलादेश बैंकको १५ करोड ८७ लाख, प्राइम कमर्सियल बैंक १२ करोड, नेपाल बैंक लिको ९ करोड र सिद्धार्थ बैंकको ७ करोड बराबरको कारोबार भएको छ ।
यसदिन सवैभन्दा बढी लक्ष्मी भ्यालु फन्ड १ ले कमाएको छ । त्यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंक, ललितपुर फाइनान्स लि,सिद्धार्थ इक्वीटी ओरेन्टेड स्कीम लगायतले कमाएका छन् । त्यस्तै सवैभन्दा बढी गुमाउनेमा कावेली विकास बैंक,बोटलर्स नेपाल, कन्काइ विकास बैंक, जानकी फाइनान्स लगायतका रहेका छन् । दिनभर १४० कम्पनीको ५१ लाख कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया