वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइतबार दोहोरो अंकले घट्यो बजार, कारोबार रकमपनि आधा घट्यो

अर्थटुडे
२०७३ भाद्र ५, आईतवार

काठमाडौं । साताको सुरुको दिन आइतबार बजार दोहोरो अंकले घटेको छ । सुरुमा दोहोरो अंकले बढेको बजार अन्तिममा दोहोरो अंकले घटेर बन्द भएको हो । त्यस्तै सेयर किनवेचपनि आधा घटेको छ ।
यसदिन बजार १२.६३ अंकले घटी १७२२ अंकमा अडिएको छ । दिनभरीमा १४२ कम्पनीका जम्मा ६८ करोड ७७ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । जुन औषतभन्दा आधा कम हो ।
गत साताबाटै सेयर बजारको कारोबार रकममा गिरावट आउन थालेको हो । आइतबार होटलवाहेक सबै सुचक ओर्लिएका छन् । यसदिन होटल भने ६४.६३ अंकले उक्लिएको छ । बैंकिङ समूह१०.४१ अंक, विकास बैंक १३.८२ अंक, जलविद्युत ३८.८१अंक, फाइनान्स साढे १३.४३ अंक, बिमा ८१.२९ अंक, उत्पादनमूलक ३२.६ अंक र अन्य ४.३४ अंकले बढेको नेप्सेले जनाएको छ ।
यसदिन हिमालयन इन्स्योरेन्सको सबैभन्दा वढी ६ करोड सात लाख रुपैयाँ बराबरको सेयर किनवेच भएको छ । त्यस्तै एनबी बैंकको पाँच करोड १७ लाख र एभरेष्ट बैंकको तीन करोड २१ लाखको रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सवैभन्दा वढि गुमाउनेमा मिथिला लघुवित्तका लगानीकर्ता छन् । यसको सेयर मूल्य १० प्रतिशत हाराहारीले घटेको छ । १० प्रतिशत हाराहारी कमाउनेमा हाम्रो विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैक रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ