काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डका कारण आफ्नो व्यवसाय खोसिने र अनियमितता बाहिर आउने भएपछि बचत तथा ऋण सहकारीहरुको केन्द्रीयलगायत जिल्ला संघहरुले सरकार विरुद्ध नै आन्दोलनको धम्की दिएका छन् ।
बचत तथा ऋण सहकारीको केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का साथै प्रदेश र जिल्ला बचत संघहरुले संयुक्त विज्ञप्ती जारी गरी प्राधिकरणले जारी गरेको मापदण्ड तत्काल संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
प्राधिकरणले जारी गरेको मापदण्डका कारण संस्थाहरुले संघमा शेयर लगानी गर्न नपाउने र संघमा जम्मा गरेको बचत तरलतामा गणना हुने प्रावधानले आफ्नो व्यवसाय बन्द हुने भएपछि नेफ्स्कूनले जेठ ११ गते नै प्राधिकरणको मापदण्ड विपरित कारोबार गर्न सदस्य संस्थाहरुलाई आवहान गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै नेफ्स्कूनले मापदण्डको भद्र अवज्ञा गर्न र नियमित कारोबार गर्न समेत भनेको थियो ।
त्यसपछि जेठ १४ गते नेफ्स्कूनसहित वागमती, लुम्वीनी, सुदुरपश्चिम र कोशी प्रदेशका बचत संघहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जेठ २३ गते राष्ट्रिय भेलामार्फत साझा धारणा निर्माण र थप दवावका कार्यक्रम तय गर्ने बताएका छन् । त्यसपछि शुक्रबार मात्र ३४ ओटा जिल्ला बचत संघहरुले पनि संयुक्त विज्ञप्ती जारी गर्दै आम्दोलनको चेतावनी दिएका छन् ।
तर, प्राधिकरण स्रोत भने नेफ्स्कूनको अनुगमन प्रतिवेदनका आधारमा नै संघहरुको कारोबारबारे मापदण्ड बनेकाले तत्काल संसोधन हुने सम्भावना नरहेको बताउँछन् ।
‘राष्ट्र बैंक सहितको अनुगमनमा नेफ्स्कूनले जथाभावी कर्जा परिचालन गर्न सहकारी संस्थाहरु समेत धराशायी भएको र वित्तीय रुपमा संघ सुरक्षित नभएको पाइएपछि यो मापदण्ड बनेको हो’ स्रोतले भन्यो, ‘त्यसैले संघलाई कारोबार गर्न दिनुपर्छ भन्ने मनस्थितीमा सरकार छैन ।’
संघहरुले सदस्य संघहरुबाट उठाएको रकम जोखिमपूर्ण रुपमा परिचालन गरिरहेको राष्ट्र बैंक र प्राधिकरणका अधिकारीहरुको बुझाइ छ । संघहरुले विनोधितो र कमसल धितोमा लगानी गरेको र यसले लगानी रकम नै जोखिममा छ । यस्तै सम्भावित जोखिम व्यवस्था वापत रकम नछुट्याएकाले नेफ्स्कूनलगायतका संघहरु वित्तीय रुपमा उच्च जोखिममा छन् । यसबाट सहकारी क्षेत्रमा समस्या ल्याउने र बचतकर्ताले जम्मा गरेको रकम नै जोखिममा हुने भएकाले सहकारीको बचत सुरक्षित गर्नका लागि संघलाई वित्तीय कारोबार गर्न दिनु नहुने सरकारी अधिकारीहरुको बुझाइ छ ।
नेफ्स्कूनसहित सहकारी संघहरुको अबौंको अन्तरलगानी व्यवसाय संकटमा, जिम्मेवार को ?
नेफ्स्कूनसहित सहकारी संघहरुको अबौंको अन्तरलगानी व्यवसाय संकटमा, जिम्मेवार को ?
प्रतिक्रिया