वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी प्राधिकरणको पहिलो अध्यक्ष बने डा.शर्मा

अर्थटुडे
२०८२ असार ३०, सोमबार

काठमाडौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन् । प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्यको नियुक्तीका लागि गठित सिफारीस समितिले गरेको सिफारीसबाट सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले शर्मालाई नियुक्ती गर्ने निर्णय गरेको हो । उनी यसअघि तत्कालिन राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव थिए ।

प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्यको नियुक्तीका लागि गठित सिफारीस समितिले कार्ययोजना मूल्यांकन तथा अन्तरवार्ताबाट शर्माका साथै पूर्व सचिव अर्जुन पोखरेल तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडललाई सिफारीस गरेको थियो ।
सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको नियमनका लागि गत माघमा प्राधिकरण गठन गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ