वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्णाली विकास बैंकमा नेफ्स्कून र सहकारी बैंकको करिव आधा अर्ब निक्षेप जोखिममा

अर्थटुडे
२०८२ असार ५, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी ब्यवस्थापन सम्हालेको कर्णाली विकास बैंकमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकको करिव आधा अर्ब निक्षेप जोखिममा जोखिममा परेको छ । बढी ब्याजको लोभमा समस्याउन्मुख संस्थामा निक्षेप राख्दा सहकारीको ठूलो रकम डुुब्ने अवस्थामा पुगेको हो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिव सापकोटाको अनुसार संघले कर्णाली विकास बैंकको दाङ र नेपालगञ्ज शाखामा गरी ४० करोड रुपैयाँ मुद्दती निक्षेप राखेको थियो । बैंक समस्याग्रस्त घोषणा भएपछि राष्ट्र बैंकमा निवेदन दिइएको र २ पटक ताकेता गरिसकेको उनले जानकारी दिए । कर्णालीको व्यवस्थापन हाल राष्ट्र बैंकले नै सम्हालीरहेकाले व्यक्तिगत निक्षेकर्ता र साना संघसंस्थाको निक्षेपपछि नेफ्स्कूनको समेत रकम फिर्ता हुने उनले बताए ।

यसैगरी सहकारी बैंकका सिइओ बद्री कुमार गुरागाईले पनि बैंक कोहलपुर शाखाको ५० लाख ६८ हजार रुपैयाँ कर्णाली बैंकको शाखामा रहेको र समस्याग्रस्त घोषणा भएकै दिन एक सहकारी संस्थाले ६० लाख रुपैयाँ उक्त खातामा सिधै जम्मा गरेकाले एक करोड १० लाख रुपैयाँ निक्षेप रहेको उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले २०८१ मंसिरमा शिघ्र सुधारात्मक कारवाही गरेको कर्णाली विकास बैंकमामा सुधार नभएपछि २०८१ पुसदेखि व्यवस्थापन नियन्त्रणमा लिएको हो । बैंक सञ्चालनका राष्ट्र बैंकले उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र जुगल किशोर कुशवाहा सदस्य रहेको व्यवस्थापन समिति खटाएको छ ।

समितिले ऋण असुली तथा निक्षेप फिर्ताको काम गरिरहेको छ ।

कर्णालीले तोकिए अनुसार पूँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले मंसिर ११ गते शीघ्र सुधारात्मक कारबाही गरेको थियो । बैंकमा आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको राष्ट्र बैंकले औंल्याएको छ ।

राष्ट्र बैंकको छानविनमा बैंकको कुल निक्षेपमध्ये एक अर्ब ३३ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । यस्तै बैंकको कुल कर्जामध्ये आधा कर्जा संचालकले आफ्ना कम्पनी वा नातेदारका नाममा दिएर पनि दुरुपयोग गरेको भेटिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ