वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारमा प्याज सस्तो, उपभोक्तालाई राहत

अर्थटुडे
२०८२ भाद्र १८, बुधबार

काठमाडौं । उपभोक्ताका लागि खुसीको खबर, बजारमा सुकेको प्याजको मूल्य घट्दै गएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ३७ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँमा झरेको छ ।

यो भन्दा अगाडि प्याज प्रतिकिलो होलसेलमै ५० रुपैयाँमा बिक्री भएको थियो । भदौ यता प्याजको मूल्य होलसेलमा ३७ रुपैयाँदेखि ४० रुपैयाँ प्रतिकेजीमा झरेको हो । खुद्रा बजारमा भने हाल सुकेको प्याजको मूल्य ५० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको उपभोक्ता बताउछन् ।

बजार आपूर्तिमा भारतीय प्याजको प्रभाव उच्च भएकाले त्यहाँ मूल्य घट्दा यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ । तर, व्यवसायीहरूका अनुसार प्याजको मूल्य धेरै उतारचढाव नगरी सामान्य दायरा भित्रै रहन्छ ।

वर्षेनी बढ्दै प्याज आयात

चालु आर्थिक वर्षको साउन महिनासम्ममा २ अर्ब बढिको प्याज नेपालमा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।सो मूल्यमा ५१ टन बढि सुकेको प्याज आयात भएको हो ।

गत वर्ष २०८०/८१ म ५१ टन प्याज आयात भएको थियो साृ प्याज २ अर्ब १५ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । २०८१/८२ मा ८५ टन प्याज झण्डै ४ अर्ब रुपैयाँमा आयात भएको थियो । प्याजको आयात बढ्दोे क्रममा रहेको भन्सार विभागको तथ्यांकले देखाउछ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ