वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एन आई सी एशिया क्यापिटल नियुक्त

अर्थटुडे
२०८२ भाद्र ३, मंगलवार

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेन्ज/सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत कारोवार भई आएका शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रारसँग सम्बन्धी सम्पूर्ण कार्य हुने भएको छ । यही मिति २०८२ साल भाद्र १२ गते बिहीबार देखि एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावरमा नेपाल थापाथली ११, काठमाण्डौ मार्फत हुने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ