काठमाडौं । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई १ अर्ब २५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति सो रकम कोरियाली सरकारले नेपाललाई अनुदान गर्न लागोको हो ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोग सम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो । अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार सन् २०३० भित्र बन्नेगरी सम्झौता भएको जनाएको छ ।
प्रतिक्रिया