काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको छ । बुद्ध एयरको उडान नम्बर १३७ जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल तर्फ डाइभर्ट भएको जनाइएको छ ।
बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धको ७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर७२–५००’ मा रहेका सबै यात्रु सकुशल रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया