वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोलि प्रतिनिधिसभाबाट पारित गरिदै भूमि विधेयक

अर्थटुडे
२०८२ भाद्र १२, बिहीबार

काठमाडौं । भोलि शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी नेपाल ऐन संशोधन विधेयक पारित गर्ने गरी सम्भावित कार्यसूची तय भएको छ । बिहिबार प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकपछि सम्भावित कार्यसूची सार्वजनिक भएको हो ।

लामो समयसम्म अन्योल र विवादमा रहेका भूमिसम्बन्धी विधेयक केहि समय अघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतको साथ पारित गरेको थियो ।

अब यो विधेयक संघीय संसद्‌मा पेश हुनेछ । यस संशोधनले हदबन्दी छुट प्राप्त जग्गामा बनेका घर वा अपार्टमेन्टहरू बिक्री गर्न अनुमति दिने व्यवस्था गरेको छ । दुई ठाउँमा जग्गा हुने अव्यवस्थित बसोबासीले एक ठाउँमा मात्रै जग्गा पाउने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ ।

विधेयक अझै संसद्‌ (प्रतिनिधि सभा–राष्ट्रिय सभा) को पूर्ण प्रक्रिया र राष्ट्रपतिको प्रमाणीकरणपछि लागू हुनेछ । यो विधेयक अन्तर्गत हदबन्दी छुट प्राप्त जग्गामा घडेरी, आवास वा अपार्टमेन्ट निर्माण र बिक्री गर्ने प्रावधानले सत्ता गठबन्धनभित्र समेत विवाद ल्याएको थियो । भूमि ऐन २०२१ लाई २०७६ सालमा संशोधन गरेर तत्कालीन सरकारले घरजग्गा व्यवसाय गर्नका निम्ति हदबन्दीभन्दा बढी जग्गा लिन पाउने प्रावधान खुला गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ