काठमाडौं – दशैं नजिकिँदै जाँदा उपभोक्ताको भान्सामा प्रयोग हुने खाने तेलको भाउ आकस्मिक रूपमा बढेको छ। व्यापारीहरूले अमेरिकन डलरको भाउ वृद्धि र चाडपर्वमा हुने उच्च खपतलाई कारण देखाउँदै तेलको मूल्य बढाएका हुन्।
सूर्यमुखी तेल ३०० रुपैयाँ वृद्धि
पछिल्लो एक हप्तामै सूर्यमुखी तेलको मूल्य प्रति कार्टुन २१०० रुपैयाँबाट २४०० रुपैयाँसम्म पुगेको छ। सुर्यमुखी तेल काटुनमा ३०० रुपैयाँ वृद्धि भएको हो । यसका कारण खुद्रा बजारमा सूर्यमुखी तेलको खुद्रा मूल्य प्रति लिटर ३० रुपैयाँसम्म बढेर २२०–२५० रुपैयाँमा कारोबार भइरहेको छ।
भटमास र तोरी तेलमा पनि मूल्य वृद्धि
भटमास तेलको भाउ हाल प्रति कार्टुन २४०० देखि २५०० रुपैयाँमा पुगेको छ। त्यस्तै तोरीको तेल उपभोक्ताले अब प्रति कार्टुन २८५० रुपैयाँभन्दा कममा पाउन छाडेका छन्। बजारमा तोरी तेलको खुद्रा मूल्य प्रति लिटर ३५० रुपैयाँ नाघिसकेको छ।
व्यापारी र खुद्रा विक्रेताको भनाइ
बानेश्वर किराना व्यवसायी रवि केसीका अनुसरा “तेलमा निरन्तर महँगो हुने क्रम सुरु भएको छ। सूर्यमुखी र तोरी तेल दुवैमा खुद्रा मूल्य प्रति लिटर ३० रुपैयाँसम्म बढेको छ।”
त्यस्तै, बौद्धस्थित किराना व्यापारी यांजी सेर्पाले थोक बजारमै मूल्य बढेकाले खुद्रा पसलहरूले समेत भाउ समायोजन गर्नुपरेको बताइन।
ब्रान्डअनुसार फरक मूल्य
हाल बजारमा उपलब्ध तेलका विभिन्न ब्रान्डअनुसार मूल्यमा पनि अन्तर देखिएको छ। उपभोक्ताले रोजेको ब्रान्डअनुसार ५–१० रुपैयाँसम्मको भिन्नता भेटिन्छ।
प्रतिक्रिया