वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अगस्टमा पर्यटक आगमन २२ प्रतिशतले वृद्धि

अर्थटुडे
२०८२ भाद्र १६, सोमबार

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को अगस्ट महिनामा मात्र ८८ हजार ६८० जना पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा करिब २२ प्रतिशतले बढी हो।

बोर्डका अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट ३५ हजार ५०५ (४० प्रतिशत) आएका छन्। त्यस्तै, चीनबाट ७ हजार ५३३ (८.५ प्रतिशत), अमेरिकाबाट ६ हजार ६८ (६.८ प्रतिशत), श्रीलंकाबाट ५ हजार ९५६ (६.७ प्रतिशत) र बंगलादेशबाट ४ हजार २६२ (४.८ प्रतिशत) पर्यटक भित्रिएका छन्।

सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको आठ महिनामा कुल ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल प्रवेश गरेका छन्। क्षेत्रगत हिसाबले हेर्दा, दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ (५३ प्रतिशत), एसियाका अन्य मुलुकबाट १५ हजार ७७७ (१७.८ प्रतिशत), युरोपबाट ११ हजार १३२ (१२.६ प्रतिशत) र ओसनियाबाट २ हजार ४३५ (२.७ प्रतिशत) पर्यटक आएका छन्। त्यस्तै अमेरिकाबाट ७ हजार २(३ ९८.२ प्रतिशत), मध्यपूर्वबाट ९४४ (१.१ प्रतिशत), अफ्रिकाबाट ३२२ (०.४ प्रतिशत) र अन्य मुलुकबाट ३ हजार ६४० (४.१ प्रतिशत) आगमन भएको छ।

गत जुलाई महिनामा नेपाल आएका पर्यटक संख्या ७० हजार १९३ मात्र रहेकोमा अगस्टमा झण्डै १८ हजार बढीले वृद्धि भएको देखिन्छ। यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक संकेत दिएको बोर्डको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ