वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसवाई प्यानलले ५२ करोड बढीको आईपीओ निष्कासन गर्ने

अर्थटुडे
२०८२ भाद्र १७, मंगलवार

काठमाडौं । उत्पादन तथा प्रशोधन क्षेत्रमा सक्रिय एसवाई प्यानलले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट अनुमति पाएपछि कम्पनीले अब ५२ करोड ३२ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ।

यस अन्तरगत कम्पनीले ५२ लाख ३२ हजार ४५८ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ। कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत सेयर आम सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

एसवाई प्यानल उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी हो। यसले प्राप्त गरेको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको प्रमुख जिम्मेवारी क्यापिटलमार्फत पूरा गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ