वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ट्रम्पको नयाँ कदम: औषधीमा २००% कर लगाउने तयारी

अर्थटुडे
२०८२ भाद्र १७, मंगलवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधीमा समेत भारी कर लगाउने योजना बनाएका छन्। एपीको रिपोर्टअनुसार केही औषधीमा २०० प्रतिशतसम्म ट्यारिफ (कर) लगाउने तयारी भइरहेको हो। यदि यो निर्णय कार्यान्वयन भयो भने दशकौँदेखि प्रचलनमा रहेको औषधी आयातमा शून्य वा न्यून कर नीतिमा ठूलो परिवर्तन हुनेछ।

किन लगाउन लागिएको कर ?

ट्रम्पले “अमेरिका फर्स्ट” नीतिअनुसार विदेशी आपूर्तिमा निर्भरता घटाउने उद्देश्य लिएका छन्। उनले स्टिल, एल्युमिनियम र अटोमोबाइलमा जस्तै औषधीलाई पनि ट्यारिफ सूचीमा राख्ने तयारी गरेका हुन्। १९६२ को ट्रेड एक्सपेन्सनको धारा २३२ अनुसार औषधीमा कर लगाउन सकिने ट्रम्पको तर्क छ।

नेपालमा कस्तो असर पर्न सक्छ?

विशेषज्ञहरूका अनुसार कर बढेपछि औषधीको मूल्य अन्तर्राष्ट्रिय रूपमा बढ्ने सम्भावना छ, जसले नेपालमा औषधी आयात खर्च बढाउने र अन्ततः उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था आउन सक्छ।

नेपालमा प्रयोग हुने धेरै जेनेरिक औषधी भारतमार्फत अमेरिकासहितका बजारसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका छन्। त्यसैले अमेरिकी नीतिमा आएको ठूलो परिवर्तनले नेपालमा पनि औषधी आपूर्ति र मूल्यमा असर गर्ने सम्भावना प्रबल छ।

अमेरिकामा बिक्री हुने करिब ९२५ औषधी जेनेरिक हुन्छन्। भारत अमेरिकी बजारका लागि प्रमुख आपूर्तिकर्ता (६५ हिस्सा) हो। भारतीय आपूर्तिमा अवरोध आउँदा विगतमा किमोथेरापी औषधीको अभाव भएको थियो।

नेपालले सन् २०२३ मा करिब २ अरब रुपैयाँ बराबरको औषधी आयात भएको थियो । नेपालमा वार्षिक ३६ अरब रुपैयाँ बराबरको औषधी खपत हुदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ