वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस वर्ष ११ बजेर ५३ मिनेटमा दशैँको टिका साइत

अर्थटुडे
२०८२ भाद्र ३१, मंगलवार

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका महत्वपूर्ण साइतहरू सार्वजनिक गरेको छ।
असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापना गरी दशैं औपचारिक रूपमा सुरु हुनेछ। असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत तोकिएको छ।

असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ भने असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे हुनेछ।

विजया दशमी (असोज १६ गते) का दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत तोकिएको छ। टीका थाप्नको उत्तम साइत भने त्यही दिन बिहान ११ः५३ बजे रहेको समितिले जनाएको छ। यस वर्ष टीका लगाउँदा लगाइमाग्ने व्यक्तिले पूर्व दिशा फर्कनुपर्ने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ