काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) २१. २१.८८ अंकले ओरालो लगोको छ । यसदिन बजार १५२२.८० अंकमा अडिएको छ । केहीसाता यता बजारमा गिरावट आउने क्रम जारी रहेको छ । यसदिन उत्पादमूलक समूह बाहेक सबै सूचक ओरालो लागेको छ ।
यसदिन सबै भन्दा धेरै विमा समूहको परिसुचक १४७.५ अंकले, जलविद्युत ७३.६ अंकले, होटल ६९.१३ अंकले, विकास बैंक २४ अंकले, फाइनान्स ११.८४ अंकले र अन्य २.६१ अंकले ओरालो लागेको छ । यसदिन सेयर बजारमा १४१ कम्पनीका ६ लाख ९३ हजार कित्ता सेयर ४० करोड रुपैयाँमा कारोबार भएको छ । बजारमा खरिदकर्ताको चाप न्युन भएकोले कारोबारमा गिरावट आएको बजार विष्लेषकहरुको भनाइ रहेको छ ।
यसदिन सवैभन्दा बढी कारोबार एभरेष्ट बैंकको करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै बैंक अफ काठमाण्डौ लुम्बिनी र नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । घटेको बजारमा १६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसदिन सबैभन्दा बढी गुमाउने कम्पनीमा अपि पावर, पोखरा फाईनान्स र अरुण फाईनान्स रहे भने सबैभन्दा बढी कमाउनेमा नमस्ते वित्तीय संस्थाका लगानिकर्ता रहे ।
बजार राताम्मे, आइतबार २२ अंकले ओरालो, ४० करोडको मात्र कारोबार
२०७३ मंसिर २६, आईतवार
प्रतिक्रिया