काठमाडौ । नेपाल विद्युत प्राधिकरणले ५५ वटा हाइड्रोपावरसँग सम्वन्धि कम्पनीलाई विद्युत खरिद सम्झौता (पीपीए)का लागि चारदिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्राधिकरणले आइतबार सुचना जारी गर्दै पिपिए गर्ने उद्देश्यले आवश्यक विवरणसहित ४ दिनमा सम्पर्कमा आउन भनेको हो ।
प्राधिकरणले कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत आयोजनाहरुको विद्युत खरिद सम्झौता गर्न विभिन्न अध्ययन गरी प्राथमिकता अनुसारको सूचीतयार गर्न ४ दिनभित्र विवरण उपलव्ध गराउन आग्रह गरेको हो ।
सूचनामा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको निर्देशनमा व्यवसाय विकास निर्देशनालयका उपकार्यकारी निर्देशकको संयोजकत्वमा एक कमिटी गठन गरिएको थियो ।
उक्त कमिटीले छिटो प्रतिवेदन पेश गर्नुपर्ने भएकाले जलविद्युत कम्पनीहरुलाई विवरणसहित ४ दिनभित्र सम्पर्कमा आउन आग्रहसहित सूचना जारी गरेको हो । सूचनामा आयोजना निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रभित्र परे वा नपरेको, संक्षिप्त प्रगति विवरणसहित आयोजना तयारीको अवस्था९जेनेरेसन लाइसेन्स, वित्तीय व्यवस्था समापनको अवस्था, निर्माण स्थलको अवस्था र वातावरणीय अध्ययनको अवस्थालगायतका विवरणहरु समेत समावेश गर्नुपर्ने जनाएको छ ।
प्रतिक्रिया